काठमाडौं । दश वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र रु.१ हजार अंकित मूल्यको १० लाख कित्ताले हुन आउने रु.१ अर्व बराबरको “११५महालक्ष्मी डिबेन्चर, २०८९” को रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी एन आई सी एशिया क्यापिटल र महालक्ष्मी विकास बैंकबीच दुई पक्षिय सम्झौता भएको छ ।
उक्त डिबेन्चर रजिष्ट्रार सेवाअन्तर्गत बाँडफाँडमा ऋणपत्र पर्न सफल भएका लगानीकर्ताहरुको ऋणपत्र सम्बन्धित ऋणपत्रधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको ऋणपत्रहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, ऋणपत्रधनीहरुको लगत अध्यावधिक गरि राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूणर् कार्यहरु यही मिति २०८० साल आषाढ ५ गते मंगलबारदेखि एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली ११, काठमाडौमार्फत हुने बताइएको छ ।
एन आई सी एशिया क्यापिटलको आइडिया टु आइपीओ सेवाअन्तर्गत जुन सुकै अवस्था र जुनसुकै चरणमा रहेका कम्पनीहरुलाई आइपीओ जारी गर्ने तहसम्म पुर्याई सर्वसाधारणमा शेयर जारी गर्ने सम्बन्धी सम्पूणर् सेवा उपलब्ध गराउदै आइरहेको छ ।
FACEBOOK COMMENTS