काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना कर्जा ग्राहकहरूका लागि प्रदान गरिने छुटसम्बन्धी आकर्षक योजना सार्वजनिक गरेको छ ।
देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न बैंकले यस्तो नवीन योजना सार्वजनिक गरेको बताएको छ ।
२०८० चैत मसान्तसम्म भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट दिने बैंकले जानकारी दिएको छ । यस्तै, साधारण वक्यौता ब्याज रकममा समेत ३५ प्रतिशतसम्म छूट प्रदान गर्ने बैंकले जनाएको छ ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यो योजनामा सहभागी भई लाभ लिन सक्ने छन् ।
बैंकले ल्याएको छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनः उत्थान एवम् दिगो सबलीकरणमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
एनआईसी एशिया बैंकले गर्याे राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान, अञ्जना बनिन् ब्राण्ड प्रमोटर
FACEBOOK COMMENTS