काठमाडौं। एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। ३ लाख ४५ हजार ६८० कित्ता सेयर बैंकले बोलकबोलमार्फत् लिलाम गर्ने भएको हो।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६५ रुपैयाँ तय गरेको छ। खरिदमा इच्छुकले सो मूल्यभन्दा कममा बोलपत्र पेस गर्न मिल्दैन।
त्यस्तै कम्तिमा एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम सबै खरिद गर्न मिल्छ।
मंगलबारदेखि सिलबन्दी बोलपत्र कबुल गर्ने बैंकले जनाएको छ। इच्छुकले जेठ ९ गतेसम्म पेस गरिसक्नुपर्ने छ।
आम व्यक्ति र संस्था जो कोहीले बोलपत्र पेस गर्न सक्नेछ। बैंकले विद्यमान संस्थापकलाई पनि आह्वान गरेको हो।
FACEBOOK COMMENTS