काठमाडौं । एनआइसी एसिया बैंकले पुस महिनामा लागु हुने ब्याजदर अहिले नै सार्वजनिक गरेको छ ।
बैंकले पुस महिनामा ब्याज घटाउने भएको छ । पुसमा मुद्दति निक्षेपमा अधिकतम ८.६७ प्रतिशत ब्याज दिने भएको छ । मंसिर महिनामा बैंकको अधिकतम ८.९७ प्रतिशत ब्याज दिंदै आएको छ । बैंकले बचतमा ४.४५ प्रतिशत ब्याज दिने जनाएको छ ।
बैंकको पछिल्लो आधारदर १०.७० प्रतिशत रहेको छ । बैकबाट कर्जा लिँदा आधारदरमा अधिकतम ३ प्रतिशत प्रिमिमय थपेर १३.७० प्रतिशतमा कर्जा दिने जनाएको छ ।
FACEBOOK COMMENTS