काठमाडौं । मोबाइल वालेट खल्ती एपबाट एनआईसी एशिया बैंकमा पैसा राख्दा एकाउन्ट ब्यान्ड भएको छ ।
ब्रदर मोबाइल पसलका सञ्चालक ब्रिकम कार्कीले एनआईसी एशिया बैंकको एकाउन्टमा खल्तीबाट पैसा ट्रान्सफर गर्दा एकाउन्ट ब्यान्ड भएकोे बताए ।
उनले भने, ‘ग्राहकले मेरोबाट १५ हजार क्यास लिनुभयो । मैले पैसा एनआईसी एशिया बैंकमा राख्दिनुस भने उहाँले राखिदिनु भयो । तर त्यसको भोलीपल्ट एकाउन्ट ब्यान्ड भएको खबर बैंकका कर्मचारीले दिनुभयो । उहाँले बैंक बोलाउनु भयो जाँदा समस्या समाधान नहुने बताउनुभयो ।’
उनले आफ्नो बैंकमा रहेको पैसा निकाल्न समस्या भएको सुनाए । उनले थपे, ‘बैंकले २ः३० बजे फोन गर्याे तपाईंको एकाउन्ट ब्लक भएको छ । बैंकमा आउनु भन्नुभयो, म त्यहाँ पुग्दा बैंकका कर्मचारीले हामीले समस्या समाधान गर्न सक्दैनौं जसले ब्लक गरेको हो उसलाई नै हटाउन लगाउनु भयो भने समस्या समाधान हुनेछ । ’
त्यो खबर खल्तीले हामीलाई दिएपछि हामीले तपाईको एकाउन्ट ब्याण्ड गरेका हौ । खल्तीसँग कुरा गर्नुस ।’ कार्कीले खल्तीसँग गरेको कुराकानीलाई उर्दित गदैँ भने, ‘तपाईको पसलमा आएको व्यक्तिले पैसा खाएर हिड्ने रहेछन् । उनीहरुले नै जुन केटाले पैसा हाल्यो त्यहीँ एकाउन्टमा कम्प्लेन गर्नु भएकाले एकाउन्ट ब्यान्ड भएको हो । त्यो केटाले एकाउण्ट बल्क गरेको हैन ती केटीहरूले बल्क गरेका हुन् ।’
उनीहरुले नयाँ बजारको दुई तीन ठाँउको पसलबाट यसरी नै पैसा लगेको खल्तीले जानकारी गराएका कार्कीको भनाइ छ । उनले बैंकलाई समस्याको डिटेल लेखेर मेल पठाउँदा कुनै रेसपोन्स नगरेको बताए । अहिले कार्कीले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको बताए ।
यस विषयमा बैंकका गुनासो व्यवस्थापन अधिकारी अर्जुनराज खनियाले कसैले कम्प्लेन गरेको भरमा एकाउन्ट ब्यान्ड नहुने बताए । ‘हामीले कुनै व्यक्तिको खाता कसैले कम्प्लेन गरेको भरमा ब्यान्ड गर्दैनौ । प्रहरीले कारण देखाएर ब्यान्ड गर्नुस भने गर्ने हो नभए यतीकै ब्यान्ड हुदैँन ।’
कार्कीका एकाउन्ट कसरी ब्यान्ड भयो भन्ने बारे आफुले कर्मचारीसँग बुझ्ने कर्पोरेटखबरलाई बताए ।
FACEBOOK COMMENTS