काठमाडौं । पुस मसान्तसम्ममा एनआईसी एशिया बैंकको नाफा ४१.८४ प्रतिशतले घटेर १ अर्ब ९० करोड ३८ लाख ७ हजार रुपैयाँमा सिमित भएको छ ।
गत आवको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ३३ लाख ३० हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेले ५ अर्ब ५४ करोड १४ लाख १७ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा २४.१३ प्रतिशतले घटेर ३ अर्ब ५६ करोड १० लाख ४० हजार रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहको छ। १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
बैंकले ३ खर्ब ८१ अर्ब २६ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९३ अर्ब ८० करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ । बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशतबाट बढेर १.१९ प्रतिशत पुगेको छ ।
FACEBOOK COMMENTS