काठमाडौं । एनआईसी एसिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ)को सदस्य चयन भएको छ ।
विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि छनोट हुनु नै खुशीको कुरा भएको उसको भनाइ छ । जसले उनीहरूको ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्याङ्कन र खुलासा सुनिश्चित गर्छ ।
छ महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहरूसँग एकाउन्टिङ फाइनान्सियल उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया९प्रशान्त क्षेत्रहरूमा द्रुत रूपमा विस्तार भइरहेको छ। एकाउन्टिङ फाइनान्सियलसँग पङ्क्तिबद्ध भएर आफ्नो कार्बनको पारदर्शी मूल्याङ्कनमार्फत् वातावरणीय दिगोपनप्रति आफू प्रतिबद्धता रहेको उसको भनाइ छ ।
‘विश्व मौलिक रूपमा वातावरणमैत्री अभ्यासतर्फ सर्दै गएकाले, एनआईसी एशिया बैंकले पनि आफ्नो कार्बन फुटप्रिन्ट नाप्ने र रिपोर्टिङ गर्न र दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायु९मैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध छ,’ एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए ।
एनआईसी एशिया बैंक देशका सबै प्रमुख वित्तीय केन्द्रहरू समेट्ने बृहत् नेटवर्कको साथ नेपालको सबैभन्दा ठूलो बैंकिङ संस्थाहरूमध्ये एक हो । हाल बैंकले ३६० वटा शाखा कार्यालय, ६७१ एटिएम, ११८ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा शाखारहित बैंकिङ्ग ईकाई संचालनमा छन् ।
FACEBOOK COMMENTS