काठमाडाैं । गत सोमबार सम्पन्न एनआईसी एसिया बैंक लिमिटेडको सञ्चालक समितिको ६९४औं बैंठकले बैंकको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ ।
नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी स्वीकृत गर्नुका साथै सोको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय गरेको हो ।
बैठकले आव २०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गर्नुका साथै नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात् यथाशीघ्र बैंकको २७औं वार्षिक साधारणसभा गर्ने निर्णयसमेत गरेको छ ।
FACEBOOK COMMENTS