काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूको आँखा उपचारमा सघाउने उद्देश्यअनुरुप एएसजी आई केयर एण्ड हेल्थ सर्भिससँग सहकार्य अगाडि बढाएको छ ।
सहकार्यका लागि बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिबीच सम्झौतासमेत भएको छ । सम्झौतासँगै अब एनआईसी एसिया बैंकका ग्राहकहरुले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सर्जरी प्रोसीड्युर्समा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, माइनर इन्भेष्टीगेशन र अप्टिकल/लेन्समा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहकले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
यो सुविधाको उपभोग गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप एएसजी आई केयर एण्ड हेल्थ सर्भिससँगको यस सहकार्यले ग्राहक महानुभावहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS