काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन् ।
आज सोमबार बिहान बसेको बैंक सञ्चालक समिति बैठकले शाक्यलाई आगामी चार वर्षका लागि बैंकको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
सीईओ नियुक्त शाक्य एनआईसी एशिया बैंकका पूर्व कर्मचारी हुन् । उनले तत्कालीन सिभिल र जनता बैंक हुँदै हालको ग्लोबल आईएमई बैंकमा उच्च तहमा रहेका काम गरिसकेका छन् ।
पछिल्लो समय उनी नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए ।
उनले अबको ३० दिनभित्र सीईओको पदभार ग्रहण गरिसक्नुपर्ने बैंकले जानकारी दिएको छ ।



यो पनि पढ्नुहोस्–

एनआईसी एसिया बैंकका सीईओ रोशन न्यौपानेले दिए राजीनामा
FACEBOOK COMMENTS