काठमाडौं । एनआईसी एसिया बैंकमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्यले कार्यभार सम्हालेका छन् ।
बैंक सञ्चालक समितिले उनलाई सोमबार सीईओ नियुक्त गरेको थियो । शाक्यले आज बिहीबार कार्यभार सम्हालेका हुन् ।
आगामी चार वर्षका लागि बैंकको सीईओ नियुक्त भएका उनी सोही बैंकका पूर्व कर्मचारी हुन् । उनले तत्कालीन सिभिल र जनता बैंक हुँदै हालको ग्लोबल आईएमई बैंकमा उच्च तहमा रहेका काम गरिसकेका छन् ।
पछिल्लो समय उनी नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए । उनलाई ३० दिनभित्र सीईओको पदभार ग्रहण गरिसक्न भनिएको थियो ।
FACEBOOK COMMENTS