काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न विशेष अनुरोध गरेको छ ।
बैंकका अनुसार, आयकर ऐन २०५८ बमोजिम ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरणलाई आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्न यो अनिवार्य छ ।
करकट्टीको सहज मिलान: प्यान अद्यावधिक गरेपछि निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको कर (भ्–त्म्क्) को विवरण सोझै प्यानमा प्रविष्ट हुन्छ। यसले आयकर प्रणालीमा अनुसूची १० मा करकट्टीको विवरण स्वचालित रूपमा मिलान गर्दछ ।
प्रमाणपत्र प्राप्तिमा सहजता: यसबाट ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुने बैंकले विश्वास लिएको छ ।
बैंकको जिम्मेवारी: यदि प्यान अद्यावधिक नगरिएको कारणले भ्–त्म्क् मा ब्याजकर दाखिला नभएमा वा त्यसपछि थप समायोजन गर्नु परेमा बैंक जिम्मेवार नहुने स्पष्ट पारेको छ।
प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको वा ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
FACEBOOK COMMENTS