काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यो अवधिमा नाफामा गिरावट आएको छ ।
गत आवको पुस मसान्तसम्म १५ करोड १७ लाख ३० हजार रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा आइपुग्दा १३ करोड ११ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १३.५४ प्रतिशतले कम हो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा घटेको छ भने इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको नाफा घटेको छ ।
बैंकको खुद ब्याज आम्दानी १५.८७ प्रतिशतले घटेर ४ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा ४२.१६ प्रतिशतले घटेर १९ करोड ७७ लाख ७७ हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ३५ करोड ९६ लाख रुपैयाँबाट बढेर २ अर्ब ४३ करोड ३० लाख पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ०.२८ पैसा घटेर १ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १९८.३३ रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ६६ करोड ८६ लाख रुपैयाँ छ । बैंकले ३ खर्ब २७ अर्ब ५० करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ९ अर्ब ३१ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा ४.६१ प्रतिशतबाट बढेर ७.४७ प्रतिशत पुगेको छ ।

FACEBOOK COMMENTS