काठमाडौं । एनआईसी एशिया बैंकको असोज २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । बैंकले घोषणा गरेको लाभांश पाउन असोज १५ गतेसम्म सेयरधनी बन्नुपर्ने भएको छ । बैंकले १६ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको हो ।
शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले असोज २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS