काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई रुपन्देहीमा रहेको देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराईने भएको छ ।
विशेष छुट उपलब्ध गराउने बारे दुबैपक्षवि सम्झौता सम्पन्न भएको छ । बैंकका ग्राहकहरुले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस बैंकका ग्राहकहरुले अस्पतालमा सेवा लिँदा ओपीडी टिकट मा ५० प्रतिशत, ,सामान्य बेड चार्जमा २५ प्रतिशत, , आईसीयूरएनआईसीयूरपीआईसीयूरसीसीयूमा १० प्रतिशत, शल्यक्रिया उपचारमा १५ प्रतिशत, , प्याथोलोजिकल प्रयोगशाला शुल्कहरूमा १५ प्रतिशत, रेडियोलोजिकल सेवाहरूमा १५ प्रतिशत (सीटी / एमआरआई) र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९मोबैंक० एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त अस्पतालसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।
FACEBOOK COMMENTS