काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने भएको छ ।
यस समझदारीसँगै बैंकका ग्राहकहरुले धनगढी, कैलालीमा रहेको उक्त अस्पतालमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेभएका छन ।
बैंकका ग्राहकहरुले उक्त अस्पतालमा अस्पताल भर्ना हुदाँ लाग्ने शुल्क जस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्ने अस्पताल स्रोतले जनाएको छ ।
सुविधाको उपयोगर्र्ने ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त अस्पतालसँगको यस सहकार्यले ग्राहक हरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS