काठमाडौं । एनआईसी एसिया बैंकले चैत २५ गतेदेखि वार्षिक ७% ब्याजदरको ‘एनआईसी एशिया डिबेञ्चर २०९१’ निष्कासन गर्ने भएको छ ।
बैंकले ५ अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो, जसको ६०% (३० लाख कित्ता) व्यक्तिगत तवरबाट र ४०% (२० लाख कित्ता) सर्वसाधारणका लागि बाँडफाँट हुनेछ । यसमध्ये ५% (१ लाख कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
न्यूनतम २५ कित्ता र अधिकतम २५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन अवधि चैत २८ गतेसम्म (ढिलोमा वैशाख ८ गतेसम्म) हुनेछ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक, वित्तीय संस्था तथा ‘मेरोशेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई बीबीबी प्लस (मध्यम सुरक्षित) रेटिङ दिएको छ । ब्याज रकम प्रत्येक आर्थिक वर्षको अर्धवार्षिक रूपमा कर कटौतीपछि भुक्तानी गरिनेछ ।
FACEBOOK COMMENTS