काठमाडौं । एनआईसी एशिया बैंककालाई एशियन बुद्ध होटलमा सेवालिदा विशेष छुट उपलब्ध गराउने भएको छ ।
यसका लागि बैंक र होटलविच सम्झौता भएको छ । दुबैपक्षविच भएको सम्झौता अनुसार सिद्धार्थनगर, रुपन्देहीमा रहेको बुद्ध होटलमासेवा लिए डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न पाउँने भएका छन ।
ग्राहकहरुले उक्त होटलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा उक्त छुट सुविधा प्राप्त गर्न पाउँने छन ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा प्राप्त हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS