मोरङ । मोरङको रतुवामाई नगरपालिका बडा नम्बर ९ मा अवस्थित एनआईसी एशिया लघुवित्त वित्तीय संस्था शाखा कार्यालय इटहराले इटहरा प्रहरी चौकीलाई दुई थान रेडिमेड फलैचा बितरण गरेको छ ।
इटहरा प्रहरी चौकीमा हिजो शुक्रबार एक औपचारिक कार्यक्रमका बीच सो फलैचा हस्तान्तरण गरिएको हो । त्यसैगरी सोहि कार्यक्रममा दिपक सप्लायर्सले एक थान बायोस्याण्ड फिल्टर चौकीलाई उपलब्ध गराएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था शाखा कार्यलय इटहराका प्रमुख मुरारि लम्सालले यस प्रकारको सामाजिक कार्य आफ्नो संस्थाले पहिलो पटक गरेको नभई यसअघि पनि गर्दै आएको जानकारी दिए । यस्तै, उनले कोरोना महामारीका बेला सदस्यहरूलाई नि:शुल्क मास्क र सेनिटाइजर वितरण गरेकोलगायत विभिन्न कामहरू उनले स्मरण गरे ।
उनले विपन्न परिवारलाई कम्बल वितरण जस्ता बिपन्नमुखी कार्यक्रमहरू सञ्चालन गरिसकेको बताउँदै आगामी दिनमा सामाजिक हितका कार्यक्रमहरू अझ प्रभावकारी ढङ्गबाट सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै इटहरा प्रहरी चौकीका इन्चार्ज राम कुमार माझीले एनआईसी एशियाप्रति आभार प्रकट गरे । छलफलमा आएका सर्बसाधरणलाई बस्न ठाउँ अभाव भइरहेका बेला एनआईसी एशियाले वितरण गरेको फलैचाले थप टेवा पुग्ने भनाइ उनको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सिजुवाका प्रमुख दिपक खरेल, रतुवामाई–९ का वडा अध्यक्ष ईन्द्रबहादुर लिम्बु, वडा सदस्य तारा भण्डारी, इटहरा प्रहरी चौकीका इन्चार्ज रामकुमार माझीलगायत अन्य प्रहरी जवानहरू, रतुवामाइ मानव अधिकार समूहका अध्यक्ष तेजप्रसाद भण्डारी, एमाले नेता मेघनाथ शर्मा कट्टेल, सामाजिक अभियन्ता प्रकाश कार्की, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था कोशी प्रदेश प्रमुख सम्राट कटुवाल, उर्लाबारी शाखाका प्रमुख केशवराज जोशी, इटहरा शाखा प्रमुख मुरारी लम्साल, कर्मचारी जालपा खडका, रितादेबी न्यौपाने र स्थानियवासीको सहभागिता थियो ।
लघुवित्त संघका अध्यक्ष पोखरेल भन्छन्– दुर्गा प्रसाईंहरू जति कराए पनि ऋण मिनाहा सम्भव छैन
FACEBOOK COMMENTS