काठमाडौं । आज एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले आज बार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुने प्रस्ताव रहेको छ ।
यस्तै आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गरेको छ । फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
सभा गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा विहान ९ बजेबाट सुरु हुने जनाइएको छ ।
FACEBOOK COMMENTS