काठमाडौं । एनआईसी एसिया लघुवित्तले लुम्बिनी र गण्डकी प्रदेशका शाखाहरूमा गुनासो सुनुवाइ एवम् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
असार १ .र २ गते भएको कार्यक्रममा संस्थाका सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत मेषबहादुर बस्नेतलगायत प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रमुखहरूको उपस्थिति थियो ।
कार्यक्रममा संस्थाले प्रदान गर्ने सेवाको बारेमा जानकारी दिइएको थियो भने सदस्यहरूको गुनासो सम्बोधन गरिएको थियो ।
गोर्कटा शाखामा ६२ जना, बोडगाउँ शाखामा ७८ जना र सर्दी शाखामा ५५ जना सदस्यहरूको सहभागिता थियो ।
FACEBOOK COMMENTS