काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा दिवाकर भट्टराईलाई नियुक्त गरेको छ ।
समितिको बैठकको निर्णय अनुसार भट्टराईलाई आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरेको हो । उक्त पदमा यस अघि सुमन थपलिया संस्थापक समूहमा संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आई रहेका थिए ।
नव नियुक्त सञ्चालक दिवाकर भट्टराईले संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् ।
बैंकिङ क्षेत्रमा १६ वर्षको कार्यानुभव भएका भट्टराई हाल एनआईसी एशिया बैंक लिमिटेडमा चिफ एग्रीकल्चर एण्ड अदर्श कर्पोरेट लोनको रुपमा कार्यरत रहेका छन् ।
उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

FACEBOOK COMMENTS