काठमाडौं । एनआइसी एसिया ब्यालेन्सड् फन्डले बुक क्लोजको मिति तय गरेको छ ।
फन्डले कात्तिक २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । कात्तिक २१ गतेसम्म कायम रहेका इकाइधनीले कम्पनीले तोकेको नगद लाभांश पाउनेछन् ।
फन्डले गत आर्थिक वर्षको नाफाबाट करसहित १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । फन्डको प्रबर्धक एनआइसी एसिया बैंक हो ।
FACEBOOK COMMENTS