काठमाडौं । एनआईसी एशिया बैंकबाट तीन दिनमै शेयर धितो कर्जा पाइने भएको छ ।
उक्त कर्जाका लागि बैंकले ‘एनआईसी एसिया एटहट लोन अगेन्स्ट शेयर’ कर्जा योजना सार्वजनिक गरेको छ । प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा एक प्रतिशत प्रिमियम थप) मा यस शेयर कर्जा योजना सार्वजनिक गरेको बैंकले जनाएको छ ।
यो योजना अन्तर्गत बैंकले सहज रूपमा कर्जा प्रदान गर्ने रणनीति अनुरूप सम्पूर्ण आवश्यक कागजात प्राप्त भएपश्चातको तीन कार्यदिन भित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ । योजनाअन्तर्गत यस योजना अन्तर्गत न्यूनतम ५० लाखदेखि अधिकतम १५ करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।
ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण सेयर यस बैंकमा धितो राखेर १८० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS