काठमाडाैं । एनआईसी एशिया बैंकका २ जना ग्राहकले बीमा दावी रकम भुक्तानी पाएका छन् । बैंकको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत विभिन्न शाखामा बचत खाता खोलेका २ जनाको दावी रकम भुक्तानी गरेको छ ।
बैंकले उक्त खातामा उपलब्ध गराएको घातक रोग बीमा वापत प्रति व्यक्ति १० लाखको दरले कुल २० लाख बीमा रकम भुक्तानी गरेको हो ।
बैंकको नेपालगन्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोल्नुभएको सुजन शाह र तिनचुली शाखामा सोही खाता खोल्नुभएको स्व. महेश कपालीको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरे । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।
बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभर १,७३३ जना भन्दा बढी ग्राहकले घातक रोग बीमा वापत २ करोड ६० लाख, दुर्घटना बीमा वापत ७० लाख र मेडिकल बीमा वापत ३ करोड ३१ लाख गरी कुल ६ करोड ६१ लाख भन्दा बढी बीमा रकम भुक्तानी पाइसकेका छन् ।
बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ ।
बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
FACEBOOK COMMENTS