काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ आक्रामकरूपमा अगाडि बढिरहेको एनआईसी एसिया बैंक २८औँ वर्षमा प्रवेश गरेको छ ।
२८औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले आजसम्मको यात्रामा बन्न अतुलनीय योगदान दिने ग्राहक, नियामक निकायहरू, शेयरधनी, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति अत्यन्त अनुगहित हुँदै धन्यवाद ज्ञापन गरेको छ । सबै पक्षको अतुलनीय सहयोगकै कारण एनआईसी एसिया बैंक आज देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्न सफल भएको दाबी छ ।
‘हामी प्रति अनवरत रूपमा अगाध स्नेह एवम् भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिनुहुने हाम्रा समस्त ग्राहक महानुभावहरू, नियामक निकायहरू, शेयरधनी महानुभावहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति अत्यन्त अनुगहित रहँदै सादर नमन एवम् धन्यवाद व्यक्त गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘आजसम्म आइपुग्दा नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएका छौँ त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ ।’
बैंकले आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरू प्रदान गर्दै सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने अठोट व्यक्त गरेको छ ।
डिजिटल फर्ष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहे पनि बैंकले आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै लगेको छ । स्थापनाकालदेखि हालसम्म आइपुग्दा बैंकले मुलुकभर ३६० वटा शाखा कार्यालय, ६७० वटा एटीएम, ११६ वटा विस्तारित काउन्टर एवम् ४२ वटा शाखारहित शाखा सञ्जालबाट लाखौं ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको छ ।
‘देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी निर्वाध रूपमा बैंकिङ्ग सेवा देशको कुनाकुनामा पुर्याउन हामी सफल भएका छौं,’ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवम् प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले भने ।
FACEBOOK COMMENTS