काठमाडाैं । एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका निमित्त ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त हुनेछ ।
जसअनुसार २०७९ आश्विन १ देखि २०७९ कात्र्तिक १५ सम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी डेबिट वा क्रेडिट कार्डमार्फत पीओएस भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा रू. ५०० सम्म छुट प्राप्त हुने जनाइएको छ ।
त्यसैगरी सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवं साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीओएस तथा मोबाइल बैंकिङ्ग मार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा रू. ३०० सम्म छुट तथा क्यासब्याज उपलब्ध हुने बैंकले जनाएको छ ।
साथै, यस बैंकमा खाता नभएमा नेपालभर रहेका भाटभटेनी सुपरमार्केटहरू तथा सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने एनआईसी एसीया बैंकको स्टलमार्फत खाता खोली तत्काल बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी छुट तथा क्यासब्याकको फाइदा उठाउन सकिने छ ।
त्यसैगरी विभिन्न अनलाईनमार्फत किनमेल गरी ई–कमर्श भुक्तानी गर्दा तथा अन्य विभिन्न शपिङ्ग स्टोरहरूमा किनमेल गरी कार्ड एवं क्युआर भुक्तानी गर्दा समेत आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था रहेको छ ।
चाडपर्वहरूलाई लक्षित गर्दै बैंकले डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न निम्नलिखित मर्चेन्टहरूमा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको छः
बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ।
FACEBOOK COMMENTS