काठमाडौं । प्रस्तावित लाभांश पारित गर्न एनआईसी एशिया लघुवित्तले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
शुक्रबार राति बसेको लघुवित्त सञ्चालक समितिको बैठकले संस्थाको छैठौँ वार्षिक साधारण सभा आगामी पुस ६ गते गर्ने निर्णय गरेको छ । धरानको सुनसरीस्थित गोर्खा होटेल, चतरा लाइनमा सो दिन बिहान ९ बजे साधारण सभा गर्ने निर्णय बैठकले गरेको हो ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले प्रस्ताव गरेको करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत सभाको कार्य सूचीमा समावेश गरिएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ । जस अनुसार यही मंसिर २४ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS