काठमाडौं । नेपाल–इटली वाणिज्य तथा उद्योग सङ्घ ( एनआईसीसीआई) ले काठमाडाैंमा एक कार्यक्रम आयोजना गर्दै इटलीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीलाई स्वागत गरेको छ ।
कार्यक्रमको उद्देश्य नेपाल–इटली सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाहरूको खोजी गर्नेमा केन्द्रिति थियो ।
एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन नुगारीले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै साझा व्यापारिक हितको प्रवर्द्धनमा एनआईसीसीआईको प्रतिबद्धता दोहोर्याए ।
कार्यक्रममा नेपालका लागि इटलीकी मानार्थ वाणिज्यदूत प्रतिमा पाण्डे तथा एनआईसीसीआई बोर्ड अफ डाइरेक्टरका सदस्यहरू पनि उपस्थित थिए ।
नुगारीले दीर्घकालीन प्रगतिका लागि दिगो सहकार्य, सांस्कृतिक आदानप्रदान र निजी क्षेत्रको संलग्नताको महत्त्वमा जोड दिए ।
एनआईसीसीआई नेपाल र इटलीबीचको व्यापार, संवाद र रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्द्धन गर्दै जाने प्रतिबद्धतासहित अघि बढिरहेको छ ।
FACEBOOK COMMENTS