काठमाडाैँ- धितोपत्रको दोस्राे बजारमा सूचीकृत भएका तथा नभएका कम्पनीहरुरूको संस्थापक शेयर खरिद-बिक्री गर्न सहज गराउन ‘ओएफएस’ प्लाटफर्म सञ्चालनमा आएको छ ।
एनआईसी एशिया क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ सेवाअन्तर्गत धितोपत्रको दोस्राे बजारमा सूचीकृत भएका तथा सूचीकृत नभएका कम्पनीहरूको संस्थापक शेयरधनीहरूलाई ध्यानमा राख्दै यो प्लाटफर्म सञ्चालनमा ल्याएकाे हाे ।
सूचीकृत नभएका पब्लिक कम्पनीहरूको संस्थापक समूहको शेयरसमेत कारोबार गर्न निकै झन्झटिलो प्रक्रिया रहेको र लगानीकर्ताहरूले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक शेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताहरूबाट बारम्बार सुनिने गरेको हुँदा संस्थापक शेयर खरि- बिक्रीका लागि ‘वान स्टप सल्युशन’ उपलब्ध गराउने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले अफर फर सेल (ओएफएस) प्लाटफर्म सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
यस क्यापिटलले संस्थापक समूहको शेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्ताहरूलाई अनलाइनमार्फत कमन प्लाटफर्मबाट आफूले खरिद-बिक्री गर्न खोजेको कम्पनीको विवरण रीतपूर्वक क्यापिटलको वेबसाइटमार्फत उपलब्ध गराउनु पर्नेछ । उक्त विवरणका आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजी प्रचलित नियम-कानुनअनुसार शेयर नामसारीसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउने छ ।
यसरी गर्न सकिन्छ खरिद सहज
ओएफएस प्लाटफर्म https://www.nicasiacapital.com/offer-for-sale मा क्लिक गरी कुन कम्पनीको संस्थापक समूहको शेयर खरिद वा बिक्री गर्न चाहेको हो सोको विवरण रीतपूर्वक भरी आवेदन पेस गर्न सकिने छ ।
FACEBOOK COMMENTS