काठमाडाैं। अभिनेता एवं निर्देशक निश्चल बस्नेतले हलहरूले नेपाली चलचित्रहरूलाई गरेको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।नेपाली चलचित्रले दर्शकको राम्रो साथ, राम्रो प्रतिक्रिया र राम्रो अकुपेन्सी हुँदा पनि हलले हिन्दी चलचित्रहरूलाई शोमा प्रथमिकता दिइराखेको आरोप लगाएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राम्रो प्रतिकृया, दर्शकको राम्रो साथ, राम्रो हुँदा पनि तपाईँहरु चैँ त्यै हिन्दी फिल्मलाई नै दिईराख्नु है, occupancy आलु हुँदा पनि । म चैँ हलको विकल्पतिर लागेँ ।’ निश्वचल र स्वस्तिमाको लगानी एवं मुख्य भूमिकाको ‘बेहुली फ्रम मेघौली’ अहिले प्रदर्शनमा छ ।
FACEBOOK COMMENTS