काठमाडौँ । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा निकोलस भुसाललाई छाड्न अस्वीकार गरेको छ ।
भुसालले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै उनीमाथिको छानबिन छिटो सक्न विपक्षी गृह मन्त्रालयको नाममा परमादेश जारी गरेको छ ।
भड्काउपूर्ण अभिव्यक्तिपछि पक्राउ परेका भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा यसअघि सर्वोच्च अदालतले गृह मन्त्रालयको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
भुसालले कात्तिक १६ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
FACEBOOK COMMENTS