काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष एभरेष्ट बैंकका अध्यक्ष बिके (विष्णुकृष्ण) श्रेष्ठको निधन भएको छ ।
मेडिसिटी अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको ६ गते सोमबारनै निधन भएको स्रोतले बताएको छ । श्रेष्ठको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको बताइएको छ ।
९४ वर्षिय श्रेष्ठ एभरेष्ट बैंकको लामो समयदेखी अध्यक्ष रहेका थिए । हक्की स्वभावका श्रेष्ठ जिवनको अन्तिम अवस्थासम्म पनि बैंक अरूलाई सुम्पेनन् । बैँक स्थापनादेखी जिवनको अन्तिम अवस्थासम्म कुशल नेतृत्व गर्न सफल श्रेष्ठले बैंकलाई विदेशी ज्वाइन भेञ्चर भित्र्याएर नेपाली बजारमा अब्बल बैंक बनाएका थिए ।
श्रेष्ठ एभरेष्ट बैंकमात्र हाइन ज्वाइन भेञ्चर पञ्जाव नेसनल बैंकमासमेत प्रभुत्व जमाएका थिए । स्व। श्रेष्ठका २ छोरी र एक छोरा रहेका छन् ।
FACEBOOK COMMENTS