काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सोमबार साँझ बसेको संचालक समितिको बैठकले ४ दशमलव २१ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय र निफ्राको वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । यस बैंकले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा पनि ४ दशमलव २१ प्रतिशतमात्र नगद लाभांश वितरण गरेको थियो ।
FACEBOOK COMMENTS