काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैक (निफ्रा) ले ७ वर्ष अवधि भएको र वार्षिक ६ प्रतिशतका दरले व्याज प्रदान गर्नेगरी जारी गरेको. ५ अर्बको हरित उर्जा ऋणपत्रको निष्काशनको कार्य सम्पन्न भएको छ ।
एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा जेठ १८ देखि निष्काशन सुरु भएको ऋणपत्र निष्काशनको कार्य मिति जेठ २५ गते सम्पन्न भएको थियो । उक्त सयमसिमा भित्र सर्वसाधाण तर्फको २ अर्बको लागि सामूहिक लगानी कोषहरु बाहेक जम्मा ३,०३३ योग्य लगानीकर्ताहरुबाट रु. ३ अर्ब ३८ करोड ५४ लाख ७८ हजारको लागि आवेदन परेको थियो ।
प्राईभेट प्लेसमेन्ट तर्फको ३ अर्बको लागि जम्मा २३ योग्य लगानीकर्ताहरुबाट रु. १५ अर्ब ५९ करोड ५५ लाखको लागि आवेदन परेको थियो । यस ऋणपत्रमा समग्रमा माग गरिएको भन्दा करिब ४ गुणा बढीले आवेदन परेको र प्रारम्भिक बाँडफाँडको कार्य सम्पन्न भई अन्तिम बाँडफाँड हुने चरणमा रहेको छ ।
FACEBOOK COMMENTS