काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको जानकारी दिएका छन् ।
निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बताएका छन् ।
उनले मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८ औँ वार्षिक साधारण सभामा बोल्दै मंगलबार नेपाल एलपि ग्याँस उद्योग संघको २८औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् ।
उनले सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताए । उनले व्यवसायीहरूलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आईपीओ दिने तयारी रहेको बताए । विभिन्न प्राविधिक पक्षहरु रहेकाले केही समय लाग्ने बताए । उनले ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा नभएको उनको भनाई थियो ।
उनले भने, ‘ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा छैन । सरकारले व्यवसायीहरूका मागहरू समय सापेक्ष रूपमा सम्बोधन गर्दै जान्छ । केही मागहरू सम्बोधन गर्नुपर्ने छ । मागहरू सञ्चालक समितिमा अड्किएर बसेका पनि छन् । व्यवसायीहरूमा मागहरू चाँडै सम्बोधन गर्नेछौँ ।
FACEBOOK COMMENTS