काठमाडौं । काठमाडौंमा रात्रिकालीन व्यवसाय अब राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले राति ९ बजेपछि सम्पूर्ण व्यवसाय बन्द गर्न सूचित गरेको छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा यही फागुन १८ गतेदेखि यो निर्णय लागु हुने उल्लेख छ ।
अर्को निर्णय नभएसम्म राति ९ बजेपछि व्यवसाय सञ्चालन गर्न नपाइने सूचनमा जनाइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ ।
“आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सुरक्षालाई मध्यनजर गरी काठमाडौं जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू मिति २०८२/११/१८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि राति ९:०० बजेसम्म मात्र सञ्चालन गर्ने र तत्पश्चात् सम्पूर्ण व्यवसायहरू बन्द गर्न/गराउनुहुन सम्बन्धित सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ ।


FACEBOOK COMMENTS