काठमाडौं । सभामुख देवराज घिमिरेले निजामती कर्मचारी विधेयकमा भएको हेरफेरबारे छलफल गरेका छन् ।
सभामुख घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिसँग गरेको छलफल जारी रहेका बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले यस विषयको छानबिन गर्नुपर्ने बताएका छन् । शर्माले यो विधेयक सच्याउने विषय आफ्नो ठाउँमा भए पनि यो कसरी भयो भन्ने विषय छानबिन हुनुपर्ने आफूहरूको माग रहेको बताए ।
त्यस्तै, नेकपा एमालेका सांसद पदम गिरीले कुलिङ अफ पिरियडको विषयमा समितिले गरेको निर्णयविपरीत संसदबाट पारित विधेयक देखिएको भन्दै यो आपत्तिजनक रहेको बताए । सांसद गिरीले यसमा संलग्नहरुलाई कारबाही गरिने बताउँदै दोषीले राजीनामा दिनुपर्ने र कारबाहीको भोगी हुनुपर्ने बताएका छन् ।
सांसद गिरीले कारबाही गर्ने विषयमा सभामुखसमेत सकारात्मक रहेको बताउँदै यो विषय टुंगो नलागेसम्म राज्य व्यवस्था समितिको बैठक अगाडि नबढ्ने समेत बताए ।
आइतबार प्रतिनिधि सभाबाट पारित भएको निजामती कर्मचारी विधेयकमा पेश भएको भन्दा अर्कै अर्थ लाग्ने गरी परिवर्तन भएको पाइएपछि यसले सिङ्गो संसदलाई नै तरङ्गित बनाएको छ भने यसको छानबिन र सच्याउने विषयमा सभामुख घिमिरेले समेत छलफल अगाडि बढाएका छन् ।
संसदबाट पारित भइसकेको निजामती विधेयक विवादमा, के भन्छन् कांग्रेसका कोइराला र भण्डारी ?
वर्षौँदेखि अलपत्र निजामती विधेयक पारित गराउन सफल बने मन्त्री गुप्ता, सङ्घीयताले गर्यो ‘डिपार्चर’
FACEBOOK COMMENTS