वीरगञ्ज । बैंकले दिने ऋणको ब्याजदर एकल अंकमा हुनुपर्ने माग उद्योगी व्यवसायीहरुले गरेका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघको ४७औं वार्षिक साधारण सभाामा यस्तो माग गरेका हुन् । ७ प्रतिशतमा लिएको ऋणको ब्याज अहिले बढेर १४ प्रतिशतसम्म पुगेको उनीहरुको गुनासो छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले अहिलेको जटिल परिस्थितिको सामना गर्न उद्योगी व्यवसायी स्थानीय, प्रदेश र संघीय सरकार एक हुनुपर्ने बताए ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको ब्याजदर एक अंकमा झार्न सरकारलाई आग्रह गरे । व्यवसायीको दबाबपछि प्रिमियम दर घटेको भन्दै त्यसले नपुग्ने बताए । एकल अंकमा ब्याजदर हुने हो भने लगानीको बातावरण बन्ने उनको भनाइ छ ।
महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले उद्योगी व्यवसायीले लिएको बैंकको ऋण तिर्न नसके तीन पुस्ताले समेत तिर्नुपर्ने व्यवस्था हुनु गलत भएको बताए । यस्तो सामन्ती व्यवस्था हटाउन सरकारलाई आग्रह गरे । ्
मधेस प्रदेशका पूर्व उर्जा मन्त्री एवं वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश शर्माले बैंक र बिजुली बारा पर्साका व्यवसायीका लागि ठूलो चुनौति बनेको बताए ।
FACEBOOK COMMENTS