काठमाडाैँ । पति रवि लामिछाने सहकारी रकम अपचलनमा प्रहरी हिरासतमा रहेको तिन महिना पुगे पछि पत्नि निकिताले मुख खोलेकी छिन् । उनले सामाजिक संजालमा आफुमाथि एकतर्फी रुपमा मिडिया ट्रयाल गरिएको बताएकी छिन् उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूँले सम्पूर्ण बैंकको विवरण प्रहरीलाई बुझाईएको भन्दै कुनै पनि पत्रकारले एकपटक नसोधेको जनाएकि छन् । उनले भनिन्,‘ कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र?
यस्तो छ उनको अभिब्यक्ति
आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति रु अलिकति मलाई पनि देऊ न।’
मैले पनि हाँस्दै भने, त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।
बुवा९छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको मिडिया ट्रायलको।
कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र?

आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु, समाचार लेख्नेमाथि दया लागेर आउँछ।

खाता मेरो हो। यति उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको पुरुषार्थ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु। मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।