काठमाडाैँ। निर्माण व्यवसायी निकोलस पाण्डेले सरकारी कर्मचारीले निर्माण व्यवसायीसँग पाइलैपिच्छे पैसा मागेर हैरान पार्ने गरेको बताएका छन् ।
एक कार्यक्रमकाबीच बोल्दै उनले ठेक्का हाल्नदेखि काम सकेर भुक्तानी नपाउन्जेलसम्म घर खेत जस्तो धाइरहनुपर्ने र पैसा दिइराख्नुपर्ने भन्दै कटाक्ष गरेका हुन् । उनले भने,‘ ठेक्का हाल्नलाई पैसा तिर्नुपर्छ, ठेक्का परेपछि पनि पैसा तिर्नुपर्छ, ठेक्कामा हस्ताक्षर गर्नलाई पनि पैसा माग्छन्,काम गर्न साइट पोजिसनमा पुग्न पनि पैसा तिर्नपर्छ, बिल बनाउने पैसा तिर्नुपर्छ,बिल बनाइसकेपछि पनि पैसा तिर्नुपर्छ घर खेत बनाइसके।’
त्यस्तै उनले सरकारी कर्मचारीकै कारण यतिबेला साना ठुला मझौला निर्माण व्यवसायीहरु पलायन उन्मुख भएको उनको भनाई छ । उनले भने,‘ अहिले कालिका निर्माण व्यवसायी जस्ता निर्माण व्यवसायीहरु समेत पलायनको अबस्थामा छ यो कसले बुझ्छ उहाँहरुसँ कसरी लड्ने हामीले।’
FACEBOOK COMMENTS