काठमाडौं । नेपाल राष्ट्र बैंककाे कायम मुकायम गभर्नरको जिम्मेवारी निलम ढुंगाना तिम्सिनाले पाएकी छिन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
गभर्नर अवकाश भएपछि सरकारले वरिष्ठ डेपुटी गभर्नरलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने राष्ट्र ऐनमा व्यवस्था छ ।
आजैदेखि लागू हुने गरी अर्थ मन्त्रालयबाट ढुंगानालाई जिम्मेवारी तोकिएको हो ।
FACEBOOK COMMENTS