काठमाडौं । एनआइएमबी स्टक मार्केट्सले वैशाख १४ गतेदेखि आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) औपचारिक रूपमा संचालनमा ल्याएको छ।
डिजिटल प्रविधिको प्रयोगमार्फत शेयर कारोवारलाई अझ सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले विकास गरिएको यो प्रणाली आम लगानीकर्ताका लागि उपलब्ध गराइएको हो।
नयाँ टीएमएस को सुरुवातसँगै, एनआइएमबी स्टक मार्केट्सले नेपालको पूँजी बजारमा प्रविधिमा आधारित कारोबार प्रणालीतर्फ एक महत्वपूर्ण कदम अघि बढाएको छ। यस प्रणालीमार्फत प्रयोगकर्ताले अनलाइनमार्फत रियल टाइममा शेयर खरिद-बिक्री अर्डर राख्न सक्ने सुविधा पाउनेछन्। साथै, मोबाइल उपकरणहरूबाट पनि सजिलै पहुँच हुने गरी प्रणाली तयार गरिएको छ, जसले प्रयोगकर्ताको अनुभवलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
एनआइएमबी स्टक मार्केट्स, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त एक भरपर्दो स्टक ब्रोकर हो, जसले विगतदेखि नै ग्राहकमैत्री सेवा र आधुनिक प्रविधिको प्रयोगमार्फत पूँजी बजारको विकासमा योगदान दिँदै आएको छ।
नयाँ प्रणाली प्रयोग गर्न इच्छुक लगानीकर्ताहरूले निम्न लिंकमार्फत ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा पहुँच पाउन सक्नेछन्:
info@nimbstockmarkets.com
FACEBOOK COMMENTS