काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ ।
बैंकले १० वर्ष अवधिको ‘एनआइएमबी ऋणपत्र २०९०’ जारी गर्न अनुमति पाएको हो । यसमा वार्षिक १० प्रतिशत ब्याज पाइन्छ । प्रति इकाई १ हजार रुपैयाँका दरले ४० लाख ४० हजार इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो ।
कुल बिक्रीको अनुमति पाएको मध्ये १६ लाख १६ हजार इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने बाँकी २४ लाख २४ हजार इकाई बैंकले विभिन्न संघ संसथालाई बिक्री गर्ने छ ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS