काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको चैत त्रैमाससम्म ४ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३८.६१ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा बैंंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशत घटेर १० अर्ब ३१ करोड ४९ लाख रुपैयाँ रहेको छ । सञ्चालन नाफा २२.२६ प्रतिशत बढेर ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ पुगेको छ ।
बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ४ करोड ९७ लाखबाट घटेर १ अर्ब १९ करोड ८१ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य आम्दानी १ अर्ब १० करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ छ । ४ खर्ब ५५ अर्ब ८९ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब २७ अर्ब ८२ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रति सेयर आम्दानी ४ रुपैयाँ ९४ पैसा बढेर १७ रुपैयाँ ७४ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १९० रुपैयाँ छ।
FACEBOOK COMMENTS