काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ५७ प्रतिशतले बढेर २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८० करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २.३७ प्रतिशतले घटेर ७ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८६ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ७७ करोड २५ लाख रुपैयाँ रहेको छ । यसले नाफा बढाउन सहयोग पुगेको देखिएको छ ।
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ ऋणात्मक छ।
३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २९ अर्ब २ करोड ६९ लाख रुपैयाँ छ ।
पुस मसान्तसम्ममा बैंकले ४ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६० पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS