काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन सीट क्षमताको स्टिल कुर्सी प्रदान गरेको छ ।
यो सहयोगले बिरामी र उनीहरुको परिवारहरुका लागि थप आराम शुनिश्चित गर्दै अस्पतालको सिट सुविधा बढाउने लक्ष्य राखेको बैंकले जनाएको छ ।
गेटा आँखा अस्पताल सुदुरपश्चिम प्रदेशकै एक प्रमुख स्वास्थ्य सेवा प्रदायक हो ।
राम्रो पूर्वाधारको आवश्यकतालाई स्वीकार गर्दै, बैंकले सामुदायिक कल्याणको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै अस्पताललाई सहयोग गरेको हो ।
FACEBOOK COMMENTS