काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एशोसिएट्स र इक्रा नेपाल लिमिटेडसँगको सहकार्यमा होटल अलफ्ट काठमाडौंमा ‘रोड टू आईपीओ’ नामक कार्यशाला आयोजना गरेको छ ।
कार्यक्रममा विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्कासनको प्रकृयामार्फत आफ्ना कम्पनीलाई सूचीकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले गरे । उनले आईपीओको महत्वको बारेमा आफ्नो विचार व्यक्त गर्दै यसले कम्पनीको दीर्घकालीन रणनीतिलाई आकार दिइ पुँजी निर्माणमा सहयोग हुने तथा समग्र आर्थिक विकासमा टेवा पुग्नेमा जोड दिए।
पायोनियर ल एशोसिएट्स का म्यानेजिङ पार्टनर, अनुप राज उप्रेतीले सार्वजनिक निष्काशनका कानूनी पक्षहरु र यसका लागि प्रचलित कानूनी व्यवस्थाका महत्वपूर्ण विषयहरुमा प्रकाश पारे।
एनआईएमबी एस क्यापिटल लिमिटेडका डीसीईओ श्री सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, सार्वजनिक निष्काशन गर्न उपयुक्त समय, निष्कासन विधिहरु, पुँजी संरचना, मूल्य निर्धारण र समयरेखा जस्ता क्षेत्रहरुमा चर्चा गरे।
यसका अतिरिक्त इक्रा नेपालका प्रमुख राजिव महर्जनले कम्पनीको वित्तीय स्थितिले कसरी क्रेडिट रेटिङ र लगानीकर्ताको धारणामा प्रभाव पार्नेमा महत्वपूर्ण भूमिका खेल्दछ भन्ने बारेमा प्रस्तुत गरे।
यस पहलकदमीमार्फत एनआईएमबी एस क्यापिटल र पायोनियर ल एशोसिएट्स ले वित्तीय साक्षरता प्रवद्र्धन, संस्थागत सुशासनलाई मजबुद बनाउने र नेपाली व्यवसायहरुलाई सूचीकरणमा जानका लागि सहयोग पुर्याउने आफ्नो प्रतिवद्धता पुन: पुष्टि गरेका छन ।
FACEBOOK COMMENTS