काठमाडौं । प्रभु बैंकले वरिष्ठ उप–कार्यकारी अधिकृत निरज लम्साललाई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको छ।
नेपाल केन्द्रीय अनुसन्धान ब्युरोले मंसिर ११ गते सार्वजनिक गरेको सूचनापछि बैंकले निरन्तर र प्रभावकारी बैंक सञ्चालनलाई सुनिश्चित गर्न लम्साललाई आइतबारदेखि कार्यवाहक सीईओको रूपमा नियुक्त गरेको हो ।
बैंकका अनुसार नियमित सेवा–सुविधा, कारोबार, ग्राहक सेवा तथा शाखा व्यवस्थापनका सबै कामहरु पूर्ववत् रूपमा नै सञ्चालन हुने व्यवस्था मिलाइएको छ । बैंकले जारी जानकारीमा ग्राहक, शेयरधनी तथा सरोकारवाला सबैलाई कुनै पनि प्रकारको नकारात्मक प्रभाव नपर्ने विश्वास दिलाएको छ।
सूचना अधिकारी रविन्द्र ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बैंकले दीर्घकालीन स्थायित्व र पारदर्शी व्यवस्थापनमा निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ।
FACEBOOK COMMENTS