![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् ।
सोमबार भएको निर्वाचनमा कोषाध्यक्षको उम्मेद्वार प्रवलजंग पाण्डेलाई पराजित गर्दै केसी निर्वाचित भएका हुन् । निर्वाचनमा केसीले ३८ मत पाएका छन् भने पाण्डेले २९ मत प्राप्त गरेका छन् । महासंघको निर्वाचित कार्यकारीणी समितिले कोषाध्यक्ष निर्वाचन गरेको हो ।
केसीलाई अध्यक्ष चन्द्र ढकालको समर्थन रहेको थियो भने पाण्डेलाई बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको थियो ।
FACEBOOK COMMENTS